close

चियाको राजधानीमा गाईको तरक्की (भिडियो वार्ता) 

चियाको राजधानीमा गाईको तरक्की (भिडियो वार्ता) 

ADVERTISEMENT

इलामको सुर्योदय नगरपालिकाका प्रमुख आरवी राईले तुलनात्मकरुपमा विकासप्रमीको छवि नाएका छन्  । उनै राइसँग  पालिकाको पर्यटन पूर्वाधार विकासमा पालिकाले मारेको फड्को, कृषि र पशुपालनमा पालिकाको पहल, चालु वर्षको बजेट र यसको कार्यान्वयन लगायतका विषयमा पालिकाखबर बुलेटिनका लागि करिष्मा कार्कीले गरेको कुराकानी :

 

देशका एकसय पर्यटकीय गन्तव्यमा पर्छ नगरपालिका । कन्याम श्रीअन्तुजस्ता पर्यटकीय स्थल छन् । यी क्षेत्रको विकास गरेर नगरको आर्थिक र पर्यटकीय उन्नयनमा कस्ता काम गर्नुभएको छ ?

सूर्योदय नगरपालिका एउटा पर्यटकीय नगरी हो । कृषिको क्षेत्रमा अर्थडक्स ब्ल्याक टीको राजधानी पनि हो । पशुपंक्षीको क्षेत्रमा अब्बल छन् । अहिले पर्याय पर्यटनको निम्ति विभिन्न कार्यक्रम र योजना अघि बढाएका छौँ । नेपालकै पहिलो झुल्के घाम अवलोकन गर्ने ठाउँ, कन्याम, श्री अन्तु भएको ठाउँ भएकाले योजनाबद्ध रुपमा यसको विकासका लागि हामी आवधकि योजना र दीर्घकालीन योजना बनाएर अघि बढाएका छौँ ।

 

चियावारीको नगर पनि हो सुर्योदय । तर कृषक र चिया मजदुरको एउटै गुनासो सुनिन्छ भनेजति मूल्य र ज्याला पाइएन । तपाईहरुले न्युनतम समर्थन मुल्य र ज्याला त तोक्नुहुन्छ तर कार्यान्वयन नै भएन भन्ने छ । के भएको यो बताइदिनुस न । 

७ सय ५३ पालिका मध्ये यो पालिका चियाको राजधानी हो । यो सिटीसी होइन अर्थडक्स ब्ल्याक टीको राजधानी हो । त्यसैले सरकारले निर्धारण गरेको श्रम ऐन अनुसारको तलब, सेवासुविधा दिनुपर्छ भनेर आवाज उठाउने पालिका हो । यहाँको चियाबगानका किसानले त्यो पाइरहेका छन् । सूर्योदयले पहिलो पटक चियाको समर्थन मूल्य निर्धारण गर्‍यो । त्यसलाई कार्यान्वयन गर्न लागेका छौँ । यस वर्षदेखि सशक्त रुपले कार्यान्वयन गर्ने गरी हामी लागेका छौँ ।


अनुदान र चौपायाँ बितरणमा निकै ठूलो बजेट खर्च गर्नुभएको छ । यो चार वर्षमा पालिकावासीको जीवनस्तरमा यसले के परिवर्तन ल्यायो त ? 

पालिकाका नगरवासीको आवश्यकतालाई हेरेर पालिकाले विभिन्न  क्षेत्र, पशुपंक्षी क्षेत्रमा विशेष कार्यक्रम ल्याएको छ । उदाहरणका लागि हामीले नीति बनायौँ, ‘एक घर, एक उन्नत जातको गाई’ उहाँहरुलाई कम्तिमा १३ लिटर दूध दिनसक्ने गाई उपलब्ध गराएर आर्थिक उन्नती गराउने हाम्रो लक्ष्य थियो । 

 

तर, विदेश गएर दूर्घटनामा परेका, एकल महिला, युवा जसले जग्गा जमिन भएका, वस्तुभाउ पाल्न सक्ने तर, वस्तुभाउ खरिद गर्न नसक्नेलाई हामीले सहयोग गरेका हौँ । अहिले २ सय भन्दा बढीलाई उन्नत जातको गाई वितरण गरेका छौा । उहाँहरुको आम्दानी राम्रो छ । तीन हजार भन्दा बढी किसानलाई अव उन्नत गाईका लागि बिर्य दिने योजना बनाएका छौँ । नगरपालिकाले प्रति दिन दुई लाख भन्दा बढी दूध उत्पादन गर्ने योजना पूरा हुनेछ । 


अन्त्यमा, चालु वर्षको बजेटका प्राथमिकता र यसको कार्यान्वयनको नीतिवारे बताइदिनुस न ।

नगरपालिकाले आवधिक योजना बनाएको छ । जसमा पाँच वटा क्षेत्र छुट्याएका छौँ । नगरपालिकाले पाँच वर्षे आवधिक र २५ वर्षे दीर्घकालीन योजना बनाएका छौँ । त्यही अनुसार मध्यमकालीन खर्च संरचनाको विकास गरेकाले त्यही अनुसार हाम्रो विकास र बजेट विनियोजन भएको छ । विशेष गरेर कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र वन, वातारणका साथै प्रशासनिक काममा हामीले ध्यान दिएका छौँ ।