close

बाख्रा तथा तरकारी जोनका लागि तोकियो क्षेत्र

बाख्रा तथा तरकारी जोनका लागि तोकियो क्षेत्र

Trulli
ADVERTISEMENT

खोटाङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइको कार्यालय खोटाङले बाख्रा तथा तरकारी जोन कार्यक्रमका लागि क्षेत्र निर्धारण गरेको छ ।


जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समिति अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० स्थानीय तहका २० वडालाई बाख्रा र १९ वडालाई तरकारी जोनको क्षेत्र निर्धारण गरेर सिफारिस गर्ने निर्णय गरेको छ । 


परियोजना कार्यान्वयन म्यानुअल, २०७७ को परिच्छेद ३ को ३.३ (ख) मा व्यवस्था भएबमोजिम जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिले बाख्रा जोन कार्यक्रमका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङ, वडा नम्बर ७ दोर्पाचिउरीडाँडा, वडा नम्बर ९ निर्मलीडाँँडा, हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाँडा, वडा नम्बर २ डिकुवा, वडा नम्बर ४ मंगलटार, वडा नम्बर ५ दुर्छिम, साकेला गाउँपालिका वडा नम्बर ५ मात्तिम, दिप्रुङ चुइचुम्मा वडा नम्बर २ डाँडागाउँ ओख्रे र वडा नम्बर ४ बतासेलाई क्षेत्र निर्धारण गर्ने निर्णय गरेको छ ।


यस्तै, रावाबेँसी गाउँपालिका वडा नम्बर ३ लामिडाँडा, वडा नम्बर ४ डुम्रेधारापानी, जन्तेढुंगा गाउँपालिका वडा नम्बर १ देविस्थान, बोपुङ, बराहपोखरी गाउँपालिका वडा नम्बर १ बराहपोखरी, वडा नम्बर ५ पौवासेरा, केपिलासगढी गाउँपालिका वडा नम्बर ३ बासपानी, खोटेहाङ गाउँपालिका वडा नम्बर ७ खोटाङबजार, वडा नम्बर९ लिच्कीराम्चे र एँेसेलुखर्क गाउँपालिका वडा नम्बर ६ ज्यामिरेलाई बाख्रा जोन कार्यक्रम सञ्चालनका लागि सिफारिस गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले जनाएको छ । 


तरकारी जोन कार्यक्रमका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेल, वडा नम्बर २ सोल्मा, वडा नम्बर ३ बाम्राङ, वडा नम्बर ४ खाल्ले, वडा नम्बर ६ नेर्पा, वडा नम्बर १२ जालपा, वडा नम्बर १४ बुइपा, हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ मंगलटार, वडा नम्बर ७ महादेवस्थानलाई सिफारिस गरिएको छ ।


यस्तै, साकेला गाउँपालिका वडा नम्बर १ बाँझेच्यानडाँडा, वडा नम्बर २ रतन्छा, दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खा, रावाबेँसी गाउँपालिका वडा नम्बर १ कुभिन्डे, जन्तेढुंगा गाउँपालिका वडा नम्बर ५ चिसापानी, बराहपोखरी गाउँपालिका–फाक्टाङ, केपिलासगढी गाउँपालिका वडा नम्बर ५ सप्तेश्वर, खोटेहाङ गाउँपालिका वडा नम्बर ४ बड्कादियाले र ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर ३ ऐँसेलुखर्कलाई पनि तरकारी जोन कार्यक्रमका लागि क्षेत्र छनोट गरेर सिफारिस गरिएको कार्यालयले जनाएको छ । 


बैठकले बाख्रा तथा तरकारी जोन कार्यक्रम स्वीकृतिका लागि प्रदेश १ अन्तर्गत रहेको प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समिति तथा परियोजना व्यवस्थापन इकाइ, खुमलटारमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालय पठाउने निर्णय गरेको हो ।


कृषि तथा पशुपक्षी मन्त्रालयबाट स्वीकृत भएपछि छनोट भएका वडामा बाख्रा तथा तरकारी जोन कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइको कार्यालयले जनाएको छ ।