close

रोगभन्दा भोकले मरिने चिन्ता (भिडियो खबर)

रोगभन्दा भोकले मरिने चिन्ता (भिडियो खबर)

Trulli
ADVERTISEMENT

कञ्चनपुर- कोरोना भाइरसका कारण धेरैले पेसागत रूपमा काम गर्न पाएनन् । धेरै विपन्न परिवारको कन्तविजोग भयो । खान, लाउन नै मुस्किल पर्ने अवस्था आयो । अहिले महामारी केही कम भएको छ । तर, पनि सोचे अनुसारको काम गर्न र जीविकोपार्जन सहज रूपमा गर्न सकेका छैनन् ।

 

कञ्चनपुरको वादी समुदायको पनि यस्तै अवस्था छ । मादल बजाउँदै, गीत गाउँदै केही पैसा आर्जन गर्ने उनीहरूको रोजीरोटी खोसिएको छ । स्थानीय सरकारले राहत पनि नदिँदा पेसा नै संकटमा परेको छ । वादी समुदायको कुनै बेलाको मुख्य पेसा भनेको गाँउ घरमा मादल बजाउने र गीत गाएर पैसा उठाउने थियो । यति मात्र होइन ज्याला मजदुरी पनि गर्नु हो । तर, कोरोना संक्रमणका कारण वादी समुदायमा पनि असर परेको छ ।

 

गाउँमा मादल बजाएर मागी खाने र दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आइरहेका वादी वस्तीवासीलाई भोकमरीले सताइरहेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नम्वर ६ मा दैनिक मागेर खाने र ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका वादी समुदायका चार परिवारमा कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ ।

 

उनीहरूले कतै काम गर्न जान नपाएको कारण खाना पनि पेटभरि खान पाएका छैनन् । दोधारा चाँदनी  नगरपालिकाले नगरपालिका प्रवेश गर्दा बीचमा महाकाली नदी पर्ने र पानीको सतह हेरेर मात्र समान ओसार पसार गर्न सकिने भएकाले राहत दिनमा ढिलाई भएको जनाएको छ ।

 

सरकारले आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्याला मजदुरी गरेर खाने परिवारको तथ्यांक संकलन गरेर राहत बाढ्ने भएपनि समयमै राहतकोे व्यवस्था गर्न  नसके यसले ठुला समस्या ल्याउने देखिन्छ । पेसा नै लोप हुने खतरा पनि मडारिएको हुँदा यो समुदायको संरक्षण र अभाव पूर्ति गर्न आवश्यक छ ।