close

तेस्रो चरणको कोरोनासँग जुझ्न मध्यपुर थिमिको तयारी

तेस्रो चरणको कोरोनासँग जुझ्न मध्यपुर थिमिको तयारी

Trulli
ADVERTISEMENT

भक्तपुर– कोरोना संक्रमितका बिरामी बढ्दै गर्दा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आवश्यक तयारी थालेको छ । नगरपालिकाले चारदोबाटोस्थित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा महामारीसँग जुझ्न आवश्यक तयारी गर्दै आएको हो । 

 

त्यसका लागि अस्पतालमा १६ बेडको एचडियु जडान गरिसकेको छ । ४० वटा अक्सिजन कन्सन्टे«टरसहित अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक ३० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ । 

 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार हाल अस्पतालले १०२ बेडमा बिरामीको उपचार गर्दै आइरहेको छ । त्यसमध्ये ९ बेड बालबालिकालाई लक्षित गरेर २५ बेडको एचडियु सेवा तयारी अवस्थामा छ । 

 

दोस्रो चरणको कोरोना भाइरससँग जुधेको अस्पतालले आइसियु, एचडियु, भेन्टिलेटर र शय्या थप्ने काम भइरहेको उनले जानकारी दिए । पछिल्लो समय अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अस्पतालका मेडिकल डायरेक्टर डा. दीपेन्द्रकुमार रौशनले बताए ।

 

पहिले शून्य अवस्थामा कोरोना संक्रमितका बिरामी रहेकामा अहिले विस्तारै बढ्दै आएको उनको भनाइ छ । ‘एक महिना पहिले अस्पतालमा एउटा मात्रै कोरोना संक्रमित उपचारमा थिए । तर, अहिले यो संख्या बढेर ६ जना पुगेको छ,’ उनले भने, ‘अब विस्तारै बढ्दो क्रम देखिन्छ । यसका लागि हामीले आवश्यक तयारी गर्दै आएका छौँ ।’

 

दोसो चरणको कोभिड–१९ ले पाठ सिकाएकाले सोहीअनुरूप अक्सिजन प्लान्ट जडान गरिएको उनको भनाइ छ । ‘विभिन्न संस्थामार्फत सहयोग पनि आएको छ,’ उनले थपे, ‘हाल पनि आइसियु र एचडियु वार्डलाई तयारी अवस्थामा राखेका छौँ । हामी अबको कोरोनासँग पनि लड्न तयार छौँ ।’