close

काठमाडौं महानगरको उर्दीः समयमै कर नतिर्नेको कार्यालय सिल

काठमाडौं महानगरको उर्दीः समयमै कर नतिर्नेको कार्यालय सिल

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ । यसअघि कामपाले गत १६ असारमा कर तिर्न ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । 


सूचनाअनुसार अब कर तिर्ने समय दुई दिन मात्र बाँकी छ । सोही समय कर नबुझाए घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने चेतावनी महानगरले दिएको हो । समयमै कर तिर्न महानगरले बुधबारदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा माइकिङ सुरु गरेको छ । 


महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार पहिलो चरणमा नाम सार्वजनिक गरिएका २० करदातामध्ये बिहीबारसम्म वडा नम्बर ११ को एनआरटी क्लब, वडा नम्बर १३ को काठमाडौं इञ्जिनियरिङ कलेज र वडा नम्बर का देवेन्द्र श्रेष्ठ मात्र सम्पर्कमा आएका छन् ।


महानगरलाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा नम्बर ४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआई स्कुल, वडा नम्बर १५ को मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, वडा नम्बर ३ का कान्तिपुर डेन्टल अस्पताल, चिरायु अस्पताल र वडा नम्बर ४ का देवेन्द्र श्रेष्ठ छन् ।


यसैगरी वडा नम्बर २२ को आरबी कम्प्लेक्स, वडा नम्बर २४ को सुरज आर्केट, वडा नम्बर २९ को शुभश्री को–अपरेटिभ, वडा ननम्बर २८ का काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट र वडा नम्बर ३० का गोपालजी प्रपर्टिज प्रालि एवं स्टार मल छन् ।