close

विपन्नको आयआर्जन बढाउन बाँडियो कुखुरा र लैकाटका चल्ला 

विपन्नको आयआर्जन बढाउन बाँडियो कुखुरा र लैकाटका चल्ला 

Trulli
ADVERTISEMENT

जुम्ला- तिला, तातोपानी र पातारासी गाउँपालिकाको सहयोगमा विपन्नलाई आयआर्जन गर्न कुखुरा र लैकाटका चल्ला सहयोग गरिएको छ । 


सर्वाेदय नेपाल जुम्लाको सहजीकरणमा एफआरएल÷कारितास इटालीले यसमा खरिदमा सहयोग गरेका हुन् । 


पातारासी १५, तिला ७ र तातोपानी गाउँपालिकाका २७ घरधुरीका प्रतिघरधुरीका विपन्नलाई १५ चल्लाका दरले आयआर्जनका लागि चल्ला वितरण गरिएको सर्वाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए ।


उनले भने, ‘व्यावसायिक रूपमा कुखुरापालन गरी विपन्नको आयआर्जनमा सहयोग पुगोस् भनेर चल्ला वितरण गरिएको हो ।’ 


यस्तै, तिला गाँउपालिका छुईमुक्त तथा साक्षरता कक्षा कार्यक्रमअन्तर्गत ९० घरधुरीलाई लैकाटका चल्ला वितरण गरिएको छ । प्रत्येक घरधुरीलाई ३ वटा चल्लाका दरले २ सय २७ लैकाटका चल्ला वितरण गरिएको छ ।


यहाँ पहिला कुखुरापालन मात्रै गर्ने चलन भए पनि पछिल्लो समय पक्षीका नयाँ प्रजाति हाँस, लैकाट, बट्टाईपालन गर्ने गर्न थालिएको छ ।