close

कोरोना संक्रमण बढेपछि फक्ताङ्लुङको वडा नम्बर ३ सिल

कोरोना संक्रमण बढेपछि फक्ताङ्लुङको वडा नम्बर ३ सिल

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ३ लिङ्खिम २० साउनसम्म बन्द गरिएको छ । लिङ्खिम स्वास्थ्य चौकी सिँवाले सूचना जारी गर्दै लिङ्खिम आउने–जाने सवारीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।


स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष एवं फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष आइतराम लिम्बूका अनुसार कोरोना संक्रमणको जोखिम बढेपछि लिङ्खिम क्षेत्र बन्द गरिने भएको हो ।


बन्द अवधिसम्म सिँवा बजार क्षेत्रका बजार पसल, होटल र चमेनागृह सञ्चालनमा रोक लगाइएको छ । आकस्मिक सेवाबाहेक सरकारी तथा विभिन्न संघ–संस्थाबाट प्रदान हुने सेवा स्थगन गर्ने निर्णय भएको छ ।


वडापालिका र सिँवा स्वास्थ्य चौकीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनैपर्ने भए अनिवार्य मास्क प्रयोग गर्न र स्थानीय प्रशासनको आदेश पालना गर्न सूचना जारी गरेका छन् ।
सूचनाको उल्लंघन भए संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने सूचनामार्फत जाननकारी दिइएको हो ।