close

लुम्बिनी प्रदेश राजधानीको प्रारम्भिक खाका सार्वजनिक

व्यवस्थित सहर बनाउन स्थानीयको सुझाव लिइँदै

लुम्बिनी प्रदेश राजधानीको प्रारम्भिक खाका सार्वजनिक

व्यवस्थित सहर बनाउन स्थानीयको सुझाव लिइँदै

Trulli
ADVERTISEMENT

दाङ- लुम्बिनी प्रदेशको राजधानीको विषयमा विभिन्न खाले समाचार आइरहेका बेला सरोकारवालाको सहभागितामा राजधानी सहरको सम्भावित खाका प्रस्तुत गरिएको छ ।


बिहीबार प्रदेश पूर्वाधार प्राधिकरणको आयोजनामा आयोजित राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका सरोकारवालामाझ राजधानी सहरको खाका प्रस्तुत गरिएको हो ।


राजधानी सहरको खाका तयार गरिरहेको सितारा ईकोकोड, टेक्नोक्र्याट जेभीका पराशर्मदाता डा. विजय श्रेष्ठले राप्ती उपत्यकाको सम्भावित खाका प्रस्तुत गदै व्यवस्थित सहर बनाउन नागरिकको सल्लाह लिइने बताए ।


प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख ध्रुव मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी घोषणा भएपछिका उतारचढाव र आगामी दिनमा गर्नुपर्ने तयारीबारे सहकार्य तथा समन्वयका लागि सबैमा आह्वान गरे । 


कार्यक्रममा प्रस्तुत गरिएको सहरको खाकामा थप गर्नुपर्ने योजनासहित स्थानीय नागरिकको जीवनस्तर सुधार गर्ने योजनालाई प्राथमिकता दिन र यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणको सुरक्षा प्रत्याभूति गराउन छलफल चलाइएको सहरी योजनाकार कुमार धमलाले जानकारी दिए ।


गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, पूर्वसभासद् सुशीला चौधरी, रश्मीराज नेपालीले राजधानी सहरका  कामलाई तीव्र बनाइनुपर्नेमा जोड दिए । खाकामा राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति, नियमको परिधिमा रहेको सुहाउँदो सहर निर्माणका लागि सम्बन्धित निकायलाई सिफारिस गरिने योजनाकार धमलाले बताए । सहभागीबाट यस क्षेत्रको सबल र दुर्बल पक्ष, अवसर र चुनौतीबारे छलफल चलाइएको थियो ।


कार्यक्रममा राजधानी सहर परामर्शदाताका तर्फबाट सहरी योजनाकार धमला, यातायात योजनाकार डा. प्रदीप श्रेष्ठ, अर्थविद् कुमार भट्टराई, आर्किटेक्ट सुरेन्द्र लुइँटेलले सम्भावित खाकामाथि विवेचना गरे । 


कार्यक्रम सञ्चालन गर्न प्रदेश पूर्वाधार प्राधिकरण र राप्ती गाउँपालिकाले सार्वजनिक रूपमै सहभागिताका लागि सामाजिक सञ्जालबाट सूचना प्रकाशन गरेका थिए ।