close

शिक्षामा सूर्यविनायककाे फड्काे (भिडियो खबर)

शिक्षामा सूर्यविनायककाे फड्काे (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर- मुलुक संघीयतामा रूपान्तरण भएसँगै माध्यमिक तहसम्मको शिक्षाको जिम्मवारी स्थानीय तहमा आयो । फलस्वरुप स्थानीय तहले माध्यमिक तहको शिक्षाको सञ्चालन, सिकाई विकास, भौतिक निर्माण लगायत पक्षको लागि योजनासहित कार्यान्वयन समेत गर्दै आएको छ । चार वर्षयता सामुदायिक विद्यालयमा भएको परिवर्तनले शिक्षकको आत्मबलको विकासको मात्रै नभई विद्यालयप्रति हेरिने दृष्टिकोण नै फरक हुँदै आएको छ । 

 

सूर्यविनायक नगरपालिकामा ३४ वटा सामुदायिक र ६० वटा निजी विद्यालय छन् । हाल पालिकामा सञ्चालित विद्यालयमा करिब १६ हजार जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये सामुदायिक विद्यालयमा ४ हजार ४ सय ५४ जना र निजीमा ११ हजार ९ सय रहेका छन् । र ८ वटा सामुदायिक सिकाई केन्द्र छन् ।

 

३४ वटा सामुदायिक विद्यालयमध्ये हालसम्म पालिकाले अधिकांश विद्यालयको भवन निर्माण गरेको छ । स्थानीय स्रोत साधन र पालिकाको परिचयसहितको कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेको छ । अबको केही समयमा कार्यान्यवनमा समेत आउने छ । शिक्षक दरबन्दी मिलानसँगै विद्यालयको सिकाई विकासको लागि पालिकाले शिक्षकलाई तालिम समेत दिँदै आएको छ । 

 

स्थानीय सरकारले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकाससँगै सिकाई विकासमा ध्यान दिएको दावी पालिकाको छ । कुनै समय न्यून संख्या भएका विद्यालयमा विद्यार्थीको संख्या बढेको छ । 

 

विद्यार्थीको सिकाइका लागि कक्षाकोठामा हुने शिक्षण सिकाइको क्रियाकलाप महत्वपूर्ण हुने भएकाले गुणस्तरीय शिक्षकको प्राप्ती, विकास र प्रयोगमा ध्यान दिनु आवश्यक छ । पेसागत मर्यादा, पेसाप्रतिको सम्मान र उत्प्रेरणा पनि सँगै जोडिएर आउँछन् । पारदर्शी र बलिया नीतिगत तथा कानुनी व्यवस्था गरी स्थानीय सरकार मार्फत शिक्षक व्यवस्थापनको काम गर्न सकेमा स्थानीय सरकारप्रति जवाफदेहिता अभिवृद्धि हुने देखिन्छ ।