close

अब्बल बन्दै चन्दननाथ सहकारी, ९५ करोडको कारोबार

अब्बल बन्दै चन्दननाथ सहकारी, ९५ करोडको कारोबार

Trulli
ADVERTISEMENT

जुम्ला- चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड जुम्लाको आर्थिक कारोबार झण्डै एक अर्ब पुगेको छ । सहकारीले बार्षिक प्रगति विवरण सार्वजनिक गर्दै कारोबार ९४ करोड ९८ लाख ४७ लाख २१९ रुपियाँ २५ पैसा पुगेको हो । 

 

यो सहकारी संस्था वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको छ । ऋण लगानी, वित्तिय पहुँचमा बृद्धि, ग्रामिण महिलाको क्षामता बृद्धि, सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी लगायतका वित्तिय कारोबारमा सहकारील अब्बल बन्दै गएको हो । 


चन्दननाथ सहकारी स्थापना भएको ९४ करोड ९८ लाख ४७ हजार २ सय रुपैयाँ बराबरको कारोबार गरेको सहकारीका सदस्य सचिव ऋषिराम पाण्डेले बताए । सहकारीको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै सदस्य सचिव पोण्डले भने, ‘वित्तिय कारोबारका क्षेत्रमा कर्णालीमै हामी अब्बल छाैँ ।  सामाजिक क्षेत्रमा पनि उल्लेखीय लगानी गरेर सबैको मन जितेका छौँ । अझै सहकारीलाई ऐन कानुन अनुसार चुस्तदुरुस्त बनाउने छौँ ।’


गएको आर्थिक वर्ष सम्म चन्दननाथ सहकारीले कुल आम्दानी ७९ लाख ७० हजार ९ सय ९७ रुपैयाँ गरेको छ । कुल खर्च ६ करोड ९४ लाख १८ हजार ७ सय रुपैया भएको छ । खुद नाफा १ करोड ३० लाख २२ हजार भएको छ । सहकारी संचालनमा हालसम्म २ करोड ८६ लाख ९९ हजार शेयर पुँजी लगानी भएको समेत सदस्य सचिव पाण्डेले जानकारी दिए । 


कर्णालीभरी गरेर सहकारीमा हालसम्म १५ हजार ८ सय ४४ जना सदस्य आबद्ध रहेका छन् । ती मध्य ९० प्रतिशत सदस्य महिला छन् । सबै सदस्यहरुबाट गत आर्थिक बर्षमा १५ करोड ७२ लाख ६३ हजार  बचत भएको छ । अझै लगानी बाकी ३२ करोड ९५ लाख ३८ हजार ७ सय छ । 

 

चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्थाका प्रवन्धक विश्वराज खत्रीका अनुसार कुल लगानी १३ लाख ३७ हजार  भएको छ । त्यस्तै सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी गर्ने पर्ने प्रावधान अनुसार २ वटा अर्गानिक पसल संचालन, ४ वटा सुपथ पसल, २ वटा स्वास्थ केन्द्र, २ वटा बोडिङ स्कुल र २ वटा यातायात संचालन गरिएको प्रबन्धक खत्रीको भनाइ छ । 


सहकारीकै लगानीमा जुम्लामा बहुप्राविधिक विद्यालय ल्याउने लक्ष्य छ । सहकारीलाई देशव्यापी रुपमा कार्य क्षेत्र विस्तार गरिने सस्थाको आगामी रणनीति समेत सहकारीले जनाएको छ ।


सस्थाका सदस्यलाई उद्यमी बनाउने, महिला शसक्तिकरणका कार्यक्रम चलाउने, समग्र रुपमा स्वास्थ्य, शिक्षा, कृषि रोजगारीका क्षेत्रमा सहकारीले आवश्यक लगानी गर्दै आएको समेत सहकारी सदस्य सचिव पाण्डेको भनाई छ ।