close

भीमफेदीका ३५५ कैदीमा कोरोना पोजेटिभ

भीमफेदीका ३५५ कैदीमा कोरोना पोजेटिभ

Trulli
ADVERTISEMENT

मकवानपुर- भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३ सय ५५ कैदीलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । 

 

कोरोना संक्रमण देखिएका कैदीलाई कारागारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको छ भने संक्रमण नभएका कैदीलाई तल्लोतलामा व्यवस्थापन गरिएको कारागार प्रशासनले जनाएको छ ।

 

हाल कारागारमा रहेका ९ सय ६९ कैदीमा कोरोना परीक्षण गर्दा ३ सय ५५ जनामा सङ्क्रमण देखिएको हो । कारागारकोे ब्लक(क) र (ख) का कैदीमा एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको हो ।


अधिकांश कैदीलाई कोरोना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि  खोप लगाइएका र नलगाइएका दुवै समूहलाई कोरोना पोजेटिभ देखिएको हो ।