close

प्रदेशको अनुदानमा नक्कली शिक्षक ! 

३० विद्यार्थी पढाउन ५ जना शिक्षक 

प्रदेशको अनुदानमा नक्कली शिक्षक ! 

३० विद्यार्थी पढाउन ५ जना शिक्षक 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- तराई मधेसमा ५० विद्यार्थी बराबर १ शिक्षकको दरवन्दी हुने गर्छ । कतै विद्यार्थी अनुपातको दरवन्दी नहुँदा समस्या खेप्नु परेको छ । कतै दरवन्दी धेरै भएर फुर्सदिलो भएर बस्नु परेको छ । 

 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० धनकौलीस्थित अहले हदिस इस्लामिक आधारभुत विद्यालयमा ३० बालबालिका पढाउनका लागि ५ जना शिक्षक नियुक्त गरेको पाइएको छ । 

 

लुम्बिनी प्रदेश सरकारबाट विद्यालय संचालनका लागि १० लाख रुपैयाँ अनुदान पाएपछि अनावश्यक रुपमा शिक्षक नियुक्त गरिएको स्थानीयको दावी छ । 


मदरसामा प्रधानाध्यापक इलियास खानका अनुसार मोहम्मद मोतिम धुनिया, विष्णु घिमिरे र सुजता चौधरीलाई शिक्षकको रुपमा नियुक्त गरिएको छ । तर पालिकासँगको रेकर्डमा भने सन्ध्या कुर्मीको नामसमेत शिक्षकका रुपमा उल्लेख छ । 

 

खानका अनुसार धुनियालाई मासिक २२ हजार र घिमिरेको मासिक १० हजारका दरले तलव दिइएको छ । विद्यालयका शिक्षिका घिमिरेले भने मासिक ६ हजारका दरले बैंक खातामा तलव जम्मा भएको बताइन् । चौधरीले मासिक ३ हजारका दरले ५ वर्ष देखी पारिश्रमिक पाएकी छन् ।


विद्यालय आउदैनन् प्रअ र शिक्षक 

नगरपालिकाबाट मदरसामा अनुगमन जादा शिक्षक प्रधानअध्यापकदेखि शिक्षकसम्म उपस्थित नहुने बुद्धभूमि नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक माधव पौडेलले बताए । 

 

पालिकाले ३ पटक अनुगमन गर्दा विद्यालयका प्रअ र धुनिया विद्यालयमा भेटिएका थिएनन् । प्रअ खान सदरमुकाम तौलिहवामा व्यवसाय संचालन गर्ने र अनुदानको खर्च देखाउन धुनियालाई नक्कली शिक्षकका रुपमा नियुक्त गरेको स्थानीयको आरोप छ । यता विद्यालयमा अर्थिक हिनामिना भएको भनी भन्दै अख्तियारमा उजुरी समेत परेको छ ।


बुद्धभूमि नगरपालिकाबाट नियमित रुपमा अनुदान पाएको मदरसाले गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदान पाएको प्रअ खानले बताए । 

 

अनुदानको सर्त अनुसार शिक्षक नियुक्ति गरेपछि मदरसामा आवश्यकता भन्दा धेरै शिक्षक नियुक्त भएका छन् । स्थानीय मुवारक अलीका अनुसार मदरसा व्यवस्थापन समितिमा प्रधानअध्यापकका बुवा अब्दुलरब मुसलमान पनि छन् । ३० जना विद्यार्थी भएको सो विद्यालयमा कक्षा ३ सम्म पठनपाठन हुन्छ ।