close

पर्यटन क्षेत्रमा रोजगारी गुमाएकालाई चाँगुनारायणको अल्पकालीन रोजगारी 

पर्यटन क्षेत्रमा रोजगारी गुमाएकालाई चाँगुनारायणको अल्पकालीन रोजगारी 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले कोरोना महामारीबाट रोजगारी गुमाएका व्यक्तिलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने भएको छ ।कोरोनाले पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्तिलाई पालिकाले ४० दिन रोजगारी दिने कार्यक्रम सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

 

चाँगुनारायण नगरपालिका र जीविकोपार्जन पुनरुउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत पालिकाको वडा नम्बर ६ स्थित मुहानपोखरी खोलेखेत गडगडे नगरकोट प्राकृतिक पर्यटकीय पदमार्गमा रोजगारी गुमाएका व्यक्तिलाई रोजगारी उपलब्ध गराइनेछ ।

 

पर्यटन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहभागी भई कोरोना महामारीबाट रोजगारी गुमाएका व्यक्तिलाई उक्त कार्यक्रममा सहभागी गराइने नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

 

कार्यक्रमार्फत नगरभित्रका १२५ जना स्थानीयलाई ४० दिने रोजगारी दिइनेछ । प्रतिदिन १ हजार रुपैयाँका दरले पारिश्रमिक निर्धारण गरेको सूचनामा उल्लेख छ ।
रोजगारीमा सहभागी हुन चाहनेले नगर कार्यपालिकाको भवनमा ३० साउनभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।