close

बगनासकालीमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत, जानेको बिदाइ

बगनासकालीमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत, जानेको बिदाइ

Trulli
ADVERTISEMENT

रूपन्देही– पाल्पाको बगनासकाली गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा विष्णु घर्तीलाई स्वागत गरिएको छ । गुल्मीको इस्मा गाउँपालिकाबाट आएका घर्तीलाई गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल र उपाध्यक्ष सरस्वती चिदीले पाल्पाली ढाकाटोपीसहितको स्वागत गरे ।

 

अध्यक्ष बस्यालले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सबै जनप्रतिनिधिले कार्य सम्पादनमा सहज वातावरण बनाउने विश्वास दिलाए । बगनासकाली सुगम र धार्मिक पर्यटनको सम्भावनायुक्त पालिका भएकाले जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र गाउँपालिकाको विकास सम्भव हुने बताए ।

 

प्रमुख प्रशासकीय अधिकृत घर्तीले आफ्नो अनुभव र क्षमतालाई गाउँपालिकाको समग्र विकास र सेवा प्रवाहमा खर्चिने प्रतिबद्धता जनाए ।

 

यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरे प्रधानमन्त्रीको कार्यालयमा सरुवा भई गएपछि गुल्मीको इस्माबाट सरुवा भई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा घर्ती आएका हुन् ।

 

सोमबार घिमिरेको बिदाइ र बिहीबार घर्तीको सम्मानमा गाउँपालिकाले कार्यक्रम आयोजना गरेको हो । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले गाउँपालिकामा आउँदा जनप्रतिनिधि र कर्मचारीको समन्वयले आफूलाई थप परिपक्व बनाएको सुनाए ।