close

झापाका जिसस प्रमुखलाई कोरोना संक्रमण

झापाका जिसस प्रमुखलाई कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

झापा-  जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल (विश्वकर्मा) लाई कोरोना संक्रमण पुष्टि भएको छ ।  २० असोजमा स्वाब दिएका उनको रिपोर्ट बुधबार बिहान आएको हो ।

विभिन्न कार्यक्रममा गइरहनुपर्ने भएकाले परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

केही दिनअघि झापामा संक्रमित पत्रकारसँग र दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओलीसँग भेटेपछि  कोरोना परीक्षण गराएको उनले जानकारी दिए  ।

पोर्तेलले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण देखिएको र सम्पर्कमा आएकालाई परीक्षण गर्न आग्रह गरेका छन् । उनी अहिले होम आइसोलेसनमा बसेका छन् ।