close

पालिकाको पहलमा गाउँभरी फिल्टर

पालिकाको पहलमा गाउँभरी फिल्टर

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ ले वडा भरका सार्वजनिक स्थानमा खानेपानी उपलब्ध गराउने उद्देश्यले फिल्टर वितरण गरेको छ । 

 

आर्थिक वर्ष २०७७/७८ को पूर्ण सरसफाई तर्फको बार्षिक बजेटबाट विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, हुलाक, स्वास्थ्य स्वयमसेविकाहरुलाई फिल्टर वितरण गरेको हो ।

 

वडाको बार्षिक बजेटबाट ६० वटा फिल्टर खरिद गरेर वितरण गरिएको उदयपुरगढी गाउँपालिका वडा ५ नम्बरका वडा अध्यक्ष कुमार अधिकारीले जानकारी दिए । वडा अध्यक्ष अधिकारीका अनुसार पूर्ण सरसफाई शीर्षकमा विनियोजन गरिएको एक लाख ५० हजार बजेटबाट ३० लिटर क्षमताका फिल्टर खरिद गरिएको थियो । 

 

विद्यालय तर्फमा आधारभुत तह १–५ लाई २ वटा, आधारभुत तह १–८ लाई ३ वटा र माध्यमिक तहलाई ४ वटाको दरले फिल्टर वितरण गरिएको छ । 

 

विद्यार्थी संख्याको आधारमा फिल्टर वितरण गरिएको हो ।सार्वजनिक निकाय तर्फमा प्रहरी चौकी उदयपुरगढी, इलाका हुलाक कार्यालय उदयपुरगढी र स्वास्थ्य चौकी उदयपुरगढीलाई समेत फिल्टर उपलब्ध गराईएको अधिकारीले जानकारी दिए ।

 

विद्यालयमा फिल्टर पाएपछि वडा नम्बर ५ मा रहेका विद्यार्थीहरुले दुषित पानी पिउनु पर्ने बाध्यताबाट राहत पाएका छन । भने स्वास्थ्य चौकी, हुलाक, प्रहरी लगायतका सार्वजनिक निकायका कर्मचारी तथा सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभाम्वित भएका छन ।