close

पातारासी गाउँपालिकामा बाढीको वितण्डा (भिडियाे खबर)

खेतीयोग्य जमिन बगरमा परिणत

पातारासी गाउँपालिकामा बाढीको वितण्डा (भिडियाे खबर)

खेतीयोग्य जमिन बगरमा परिणत

ADVERTISEMENT

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकामा बाढीपहिरोले वितण्डा मच्चाउँदा मानवीय तथा ठूलो भौतिक क्षति भएको छ । बाढीले पातारासी क्षेत्रका दर्जनौ काठेपुल तथा पानी घट्ट बगाएको छ । मकै, आलु, सिमि, कोदो लगाइएका अन्नबाली बगरमा परिणत भएका छन् । 

 

बाढीका कारण एक जनाको ज्यान गएको छ भने दर्जनौँ घर परिवार विस्थापित भएका छन् । स्थानीय सरकार र विपद् व्यवस्थापनले राहत वितरण गरिरहेका छन् । तर, आकाशमा कालो बादल मडारिने वित्तिकै फेरि बाढीले वित्यास गर्ने हो कि भन्ने चिन्ताले स्थानीयको हंसले ठाउँ छोड्ने गरेको छ ।

 

गत मंगलबार राति आएको बाढीले जुम्लाको पातारासी गाउँपालिकामा ठूलो असर ग¥यो । पिठो पिस्न घट्ट गएकी छुम गाउँकी ३५ वर्षीया शर्मिला बुढाको ज्यान गएको छ । उनलाई बाढीले घट्ट सहित बगाएको प्रहरीले अनुमान गरेको छ । पातारासीले सात वटै वडामा क्षति पुर्‍याएको छ । तर, अन्य क्षेत्र भन्दा वडा नं. ३ मा बढी क्षति भएको छ । प्रहरीको तथ्यांक अनुसार ७ वटा पानी घट्ट, एक दर्जन बढी काठेपुल, २५ वटा पशुचौपाया बगाएको छ । 

 

त्यस्तै, वडा नम्बर चार लुममा पनि ५/६ वटा काठेपुल बगाएको छ । साथै गोडमेल गरेर पाक्न थालेका अन्नबाली पूर्ण क्षति भएको छ । नदी आसपासका खेतीयोग्य जमिन पनि कटान गरेको छ । काठेपुल बगाउँदा आवतजावत बन्द भएको छ ।  अहिले क्षति पु¥याएको स्थानमा विपद् व्यवस्थापनले राहत वितरण गरिरहेको छ । हाललाई सुरक्षित स्थानमा स्थानीयलाई सार्ने काम भइरहेको छ । 


बाढीका कारण पुल बगाउँदा आवतजावतमा नै समस्या परेको छ । स्थानीय सरकारले अहिले पुल भत्किएको स्थानमा नयाँ पुल बनाउने काम गरिरहेको छ भने क्षतिको आकलन गरेर पुनर्उत्थानका कार्यक्रम ल्याउने तयारी गरेको छ । 


पछिल्लो समय देशभर बाढीले वितण्डा मच्चाइरहेको छ । बाढीले गर्ने क्षतिको पूर्वानुमान गर्न नसक्नु र समयमा नै जोखिम न्यूनिकरणमा ध्यान नदिँदा हरेक वर्ष जनधनको क्षति हुने गरेको छ । तीनै तहका सरकारले बेलैमा ध्यान नदिँदाको उपज वर्षायाममा विपद्सँग नागरिकले पौठेजोरी खेल्नुपरेको छ । जे नहुनु थियो त्यो भइसक्यो अब नागरिकको पुनःस्थापना गर्न भने राज्य चुक्नु हुँदैन ।