close

कृषिमा आधुनिक उपकरण भित्र्याउँदै कमलामाई (भिडियाे खबर)

कृषिमा यान्त्रिकरण हुँदा किसान पनि उत्साहित

कृषिमा आधुनिक उपकरण भित्र्याउँदै कमलामाई (भिडियाे खबर)

कृषिमा यान्त्रिकरण हुँदा किसान पनि उत्साहित

ADVERTISEMENT

सिन्धुली- कुनै बेला कृषिमा कष्टपूर्ण तरिकाले काम गर्नु पर्ने बाध्यता थियो । खेती लगाउने बेला गोरु जोत्ने देखि बाली काट्नेसम्म जनशक्तिको जोहो गर्ने मुस्किल थियो । असारे मेलापातमा भेटिएका कृषक साउनमा गोरु चराउँदै गरेको भेटिन्थे । तर, हिजो आज गाउँ-गाउँमा कृषिमा यान्त्रिकरण सुरु भएपछि कृषकको कृषि कर्मप्रति आर्कषण बढ्न थालेको छ । सिन्धुलीको कमलामाई नगरपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । 


सुगमदेखि दुर्गम क्षेत्रसम्म फैलिएको कमलामाई नगरपालिकाले यतिबेला कृषकलाई कृषि कर्म गर्न सघाउन विभिन्न उपकरण र कृषि यन्त्र सहयोग गर्दै आएको छ । खेती लगाउने समयमा जनशक्तिको अभावमा छटपटिएका किसानलाई कम जनशक्ति बाट धेरै कृषि कर्म गर्न सघाउने उद्देश्यले कमलामाईले कृषिमा आधुनिकीकरण भित्र्याएको हो । 


हाते ट्याक्टर गाउँ गाउँमा भित्रिदा कृषकलाई कृषि कर्म गर्न सहज भएको छ भने समयको समेत बचत हुने गरेको छ । स्थानीय सरकारले कृषिमा यान्त्रिकरण गर्न थालेपछि कृषक कृषिप्रति उत्साहित भएका छन् । श्रम, समय र पैसाको बचत हुने गरेकोमा उनीहरू खुसी छन् । 


स्थानीय सरकार आएपछि कृषि क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउने पहल लिइएको थियो । जसका कारण कृषि कर्म गरेर व्यवसाय गर्नेको मनोवल वृद्धि भएको छ । वास्ताविक किसानको पहिचान गरेर किसान परिचय पत्र लागु गर्ने योजना पनि पालिकाले बनाएको छ ।

 

कमलामाईले कृषिलाई व्यवस्थित गर्न ‘एक वडा, एक उत्पादन’ कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । स्थानीय सरकार आएपछि वास्ताविक किसानले सिप, प्रविधि र प्राविधिक पाएका छन् । कृषि कर्म अंगालेका कृषकका समस्या समाधान हुँदै आएको छ । कृषि उपजमा आत्मनिर्भरको बाटोमा हिँडिरहेको अवस्थामा स्थानीय कृषकले उत्पादन गर्ने कृषि वस्तुको बजारीकरणका सवालमा स्थानीय सरकारले दीर्घकालिन योजना बनाउन आवश्यक छ ।