close

ताँजकोटका सामुदायिक विद्यालयमा नियमित पठनपाठन

ताँजकोटका सामुदायिक विद्यालयमा नियमित पठनपाठन

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको ताँजकोट गाउँपालिकाले सबै सामुदायिक विद्यालय सञ्चालनमा ल्याएको छ । ७ साउनमा बसेको गाउँ कार्यपालिकाको बैठकले १५ साउनबाट सबै विद्यालयमा नियमित पठनपाठन गर्ने निर्णय गरेको थियो ।


सोही निर्णयअनुसार सबै विद्यालय सञ्चालनमा ल्याइएको ताँजाकोट गाउँपालिका शिक्षा शाखा प्रमुख जयरुद्र ढकालले जानकारी दिए । उनका अनुसार विद्यालय सञ्चालनमा ल्याइए पनि केही शिक्षक पालिकाबाहिरका भएकाले आउने क्रम जारी छ ।


केही दिनमा सबै शिक्षक विद्यालयमा हाजिर हुन आइपुग्ने ढकालले बताए । जिल्लाका अन्य गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याइनसकेको अवस्थामा १५ साउनबाट विद्यालय सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।