close

मेची नगरले बाँड्यो किसानलाई आधुनिक कृषि यन्त्र

मेची नगरले बाँड्यो किसानलाई आधुनिक कृषि यन्त्र

Trulli
ADVERTISEMENT

झापा- झापाको मेचीनगर नगरपालिकाले किसानलाई कृषि यन्त्र तथा उपकरण हस्तान्तरण गरेको छ । कृषिमा आधुनिकीकरण गर्न नगरले विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीलगायतलाई कृषिजन्य यन्त्र तथा उपकरण वितरण गरेको हो ।


नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकीकरणको प्रयोगले मात्र सफल हुन सकिने बताए । ‘कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्छ’ उनले भने, ‘पालिकाले कृषि उपज उत्पादनमा लागेका किसानलाई प्रत्यक्ष अनुदानको व्यवस्था गर्नुपर्छ ।’ 


नगरपालिकाले ४० लाख ५२ हजार ८ सय रुपैयाँ बराबरको सामग्री किसानलाई लागतको ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । नगरपालिकाका १५ वटै वडालाई यो कार्यक्रमले समेटेको छ । कृषक, समूह, फार्म र सहकारी गरी ९८ वटा छनोट भए पनि अनुदान प्राप्त गर्नेको संख्या ६८ छ । 

 

नगरले हाते ट्रयाक्टर २७ वटा, कुटी काट्ने मेसिन ४७ वटा, मकै गोड्ने मेसिन ६ वटा, ह्विल ब्यारो १२ वटा तथा धान काट्ने मेसिन र साइलेज कटर एक÷एक वटा वितरण गरेको हो ।