close

सिद्धार्थनगरकी उपप्रमुख काफ्लेलाई कोरोना संक्रमण 

सिद्धार्थनगरकी उपप्रमुख काफ्लेलाई कोरोना संक्रमण 

Trulli
ADVERTISEMENT

रुपन्देही- रुपन्दहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको छ । काफ्ले आफैँले कोरोना संक्रमण पुष्टि भएको बताएकी हुन् ।


‘कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा गत १८ चैतदेखि काम गरिरहेका छौँ । नगरवासीको सेवामा जुटिरहेका बेला  म आफैँलाई कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य परीक्षण गराउँदा संक्रमण देखिएको हो’, काफ्लेले भनिन् । 


उनले आफूसँग सम्पर्कमा रहेका र नगरवासीलाई परीक्षण गराएर सावधानी अपनाउनसमेत अपिल गरेकी छन् ।