close

सार्वजनिक यातायातको टिकट अब सफ्टवेयर बाटै

सार्वजनिक यातायातको टिकट अब सफ्टवेयर बाटै

Trulli
ADVERTISEMENT



काठमाडौं - यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको टिकट काउन्टरमै पुगेर लिनुपर्ने बाध्यता अन्त्य गर्दै विद्युतीय माध्यमबाट लिन मिल्ने सफ्टवेयर निर्माण गरेको छ ।


हाल नागरिकलाई टिकट खरिद गर्न बस काउन्टरमै पुग्नुपर्ने बाध्यता छ । सप्mटवेयर बनेपछि टिकट काट्न बस अड्डाका काउन्टरमा जानुपर्ने अवस्था हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।


उनले भने, सफ्टवेयर निर्माणको काम सकिएकाले अब सबै यातायात कम्पनीलाई सफ्टवेयरसँग जोडेर टिकटमा डिजिटल प्रणाली सुरु गर्दै छौं,’ उनले भने ।  सफ्टवेयर कार्यान्वयनमा आएपछि दसैं–तिहारजस्ता यात्रुको चाप बढी हुने समयमा कृत्रिम टिकट अभाव गरेर हुने ठगी रोकिने उनले दाबी गरे । 


अनलाइन टिकटिङ प्रणाली लागू भएपछि यात्रुले यस्ता समस्या भोग्नु नपर्ने हमालले बताए ।  यातायात कम्पनीहरूले नै विभिन्न डिजिटल एपमा आबद्ध भएर अनलाइन टिकटको व्यवस्था गर्नुपर्नेछ । ती कम्पनीलाई सफ्टवेयरसँग जोडेर विभागले नियामकको रुपमा काम गर्ने हमालले जानकारी दिए ।


विभागले अनलाइन टिकटिङलाई व्यवस्थापन गर्न अनलाइन टिकट निर्देशिका पनि बनाएको छ ।  दसैंअगाडि नै अनलाइन टिकटिङ सेवा सुरु भए पनि सबै कम्पनीका लागि यो अनिवार्य भने हुने छैन । ‘कम्पनीहरूले एप बनाउने, डिजिटल भुक्तानी कम्पनीसँग जोडिनेलगायतका काम गर्नुपर्छ । त्यसैले अनिवार्य गर्न समय लाग्छ,’ हमालले भने, ‘एप बनाएका कम्पनीहरूले तत्काल यो सेवा दिन्छन् ।’


उनका अनुसार तिहारपछि भने विभागले सबै कम्पनीका लागि अनलाइन टिकट अनिवार्य गर्नेछ । गत वर्ष दसैंका बेला विभागले एक वर्षभित्र अनलाइन टिकट अनिवार्य गर्ने निर्णय गरेको थियो । तर, कार्यान्वयन प्रभावकारी देखिएको छैन ।


व्यवसायीहरूले विभागको उक्त निर्णय स्वागतयोग्य भएको बताएका छन् । ‘हामीले अनलाइन टिकटका लागि पटक–पटक छलफल गरेका थियौं । विभागसँग पनि कुरा राखेका थियौं,’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने ।


हाल अधिकांश पर्यटक व्यवसायीले पर्यटक बसमा अनलाइन टिकट प्रणाली लागू गर्दै आएका छन् ।