close

पर्यटकको पर्खाइमा जनाली झरना 

पर्यटकको पर्खाइमा जनाली झरना 

Trulli
ADVERTISEMENT

अछाम- मंगलसेन नगरपालिकामा पर्ने जनाली झरना प्रचार प्रसार अभावमा ओझेलमा परेको छ । वडा नं. ७ अन्तर्गत जनाली रवमा पर्ने झरनाको बारेमा आवश्यक प्रचार प्रसार नुहदाँ ओझेलमा परेको हो । स्थानीय धर्मराज जैशीका अनुसार पर्यटकको मनै लोभ्याउने झरनाका बारेमा कसैलाई पनि जानकारी नहुनु दु:खद हो । 


तल र माथि गरेर दुई वटा मनमोहक झरना रहेको उक्त ठाउँमा पछिल्लो समयमा भने आन्तिरक पर्यटकहरु जाने गरेका छन् । शनिबार मात्रै जिल्ला अस्पतालमा कार्यरत र अन्य गरेर ३० जना त्यहाँ पुगेको स्थानीय स्वास्थ्यकर्मी जैशीले बताए । 


आन्तरिक तथा बाह्य पर्यटकका लागि उचित गन्तव्य रहेको झरनाका बारेमा नगरपालिका तथा वडा कार्यालयले पनि चासो नदिएको स्थानयको आरोप छ । जनाली झरना मनोरम दृष्यले भरपूर्ण मनमोहक ठाउँ छ, शनिबार त्यहाँ पुगेका आन्तरिक पर्यटकहरुले बताए ।  गर्मीयाममा गर्मी छल्नका लागी पनि उचित गन्तव्य हुन सक्ने स्थानीय स्वास्थ्यकर्मी दिलीप साउदले बताए । 


तत्कालीन जनाली बण्डाली गाविसको वडा नं. ४ र ५ मा पर्ने झरनाका बारेमा हालसम्म पनि कुनै सुनुवाई हुन सकेको छैन ।  वडा कार्यालयलले जिल्लाको एक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नगरपालिकालाई सिफारिससहित आग्रह गर्नुपर्ने स्थानीय अगुवा योग यात्री बिष्णुले बताए । 

 

तत्कालीन कालाँगाउ गाविसको कालापानीको हिमिने लेखबाट मुहान भई बग्ने रवा तत्कालीन कमलबजार नगरपालिका वडा नं. ६ विरपथ र मंगलसेन नगरपालिका वडा नं. ७ जनालीबाट लोडे घाट हुदैँ सेतीमा मिसिने गरेको छ । 


झरना हेर्न कसरी पुग्ने ?

जनाली झरना हेर्नका लागि सबै भन्दा पहिले मंगलसेन नगरपालिका अन्तर्गत वडा नं. ६ ठुलासैन समम पुग्न पिच बाटो छ ।

 

जिप, मोटरसाईकल, बसको यात्रा गरेर त्यहाँ सहजै पुग्न सकिन्छ । त्यसपछि मंगलसेन नगरपालिकाको वडा नं. ७ को वडा कार्यालय हुदै जाल्पा माध्यामिक बिद्यालयसम्म मोटरसाइकल तथा जिपको यात्रा गर्नुपर्छ । त्यसपछि २० मिनेट हिडेर सहजै जनाली झरनामा पुग्न सकिन्छ ।