close

सुर्खेतमा प्रहरीद्धारा गाँजा नष्ट

सुर्खेतमा प्रहरीद्धारा गाँजा नष्ट

Trulli
ADVERTISEMENT

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले हरियो गाँजा नष्ट गरेको छ । वीरेन्द्रनगर नगरपालिका स्थित प्रहरी चौकी बांगेसिमल सुर्खेतले सडक खण्ड तथा स्थानीयको बारीमा प्राकृतिक रुपमा उम्रिएको ठुलो परिणामा हरियो गाजाँ नष्ट गरेको हो ।


प्रहरी चौकी बांगेसिमलका असई रामसिंह धामीको नेतृत्वमा गएको प्रहरी टोलीले शनिबार वीरेन्द्रनगर २ स्थित फलाटे, भातेखोला, ननुना टोल र कोलडाडाँका विभिन्न स्थानमा उम्रिएको हरियो गाँजा बरामदपछि नष्ट गरेको हो ।


प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिदै प्रहरी चौकी बांगेसिमलले स्थानीय जनप्रतिनिधि र भद्र भलादमीहरूको रोहबरमा गाँजा नष्ट गरिएको धामीले बताए । 


उनका अनुसार वीरेन्द्रनगरमा गाँजा प्रयोगकर्ताहरु बढ्दै गएकाले यसको असरबाट हरियो गाँजा नष्ट गरिएको हो । 


यतिबेला गाँजा प्रयोगकर्ताहरुले प्राकृतिक रुपमा आफै उम्रिएको हरियो गाँजा टिपेर राख्नुका साथै सेवन गर्न थालेको स्थानीय बताउँछन ।