close

मेयर चड्ने गाडी एम्बुलेन्स बनेपछि

None

मेयर चड्ने गाडी एम्बुलेन्स बनेपछि

None

Trulli
ADVERTISEMENT

कोरोना संक्रमण समुदायमा फैलन नदिन र यसको नियन्त्रणमा उदयपुरको बेलका नगरपालिकाले कुनै कसर बाँकी राखेको छैन् । अहिलेको विषम परिस्थितिमा बेलकाले गरेको काम निकै उदाहरणीय पनि छ । कोरोना विरुद्धको युद्ध लड्न बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्नुभएको छ ।

कोरोनासँगै अन्य स्वास्थ्य समस्याबाट नगरबासीलाई सुरक्षीत राख्न स्वास्थ्यकर्मी सहितको टिम त्यो गाडीमा गाउँ र बस्तीमा पुग्ने गरेका छन् । नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखी बेलका नगरपालिकाले यो कार्यक्रम अघि सारेको  मेयर दुर्गा कुमार थापाले पालिका खबरलाई जानकारी दिनुभयो ।

नगरपालिकाले घुम्ती स्वास्थ्य सेवा संचालन गरेपछि त्यो टिमले गाउँ घरमा विभिन्न रोगका बिरामी फेला पारेको छ । टोली मार्फत घरमै स्वास्थ्य सेवा पाउँदा बेलकाका नगरबासीले साँच्चिकै सिंहदरबार गाउँमा पुगेको अनुभूति गरेका छन् । त्यसैले यो कार्यक्रमलाई नगरपालिकाले  निरन्तता दिने भएको छ ।

कोरोना महामारी नियन्त्रणमा र गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्याउन लकडाउन लगतै खटिएको घुम्ती स्वास्थ्य टिमलार्ई बेलका नगरपालिकाले नगरसभामा सम्मान समेत गरेको थियो । कोरोना महामारीको बेला घरमै स्वास्थ्यकर्मी र मनोसामाजीक परामर्शकर्ता पुगेर सल्लाह र परामर्श दिन थालेपछि बेलका नगरबासी निर्धक्क भएर आफ्ना समस्या भन्न थालेका छन् ।

बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा गाडी चढ्ने मोह त्यागेर नगरबासीको स्वास्थ्यप्रति चिन्तित र संवेदनशिल हुँदा अन्य स्थानीय तहका मेयर उपमेयरहरुले पनि यस्तो नमूना काम शुरु गर्ने की ?