close

सर्वोच्चले रोक्यो भूमि आयोग खारेजीको निर्णय 

सर्वोच्चले रोक्यो भूमि आयोग खारेजीको निर्णय 

Trulli
ADVERTISEMENT

काठमाडौं - सर्वोच्च अदालतले  भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । 

 

विघटित भूमि आयोगका अध्यक्ष देवी ज्ञवाली र अधिवक्ता प्रवेश केसीले दायर गरेको वेग्लावेग्लै निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्कालका लागि आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको हो । 

 

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षी बनाइएको सरकार र भूमिसुधार मन्त्रालयलाई आयोग खारेज गर्नुपर्ने कारणसहित अदालतमा उपस्थित हुन आदेश दिदै अर्को आदेश नभएसम्म आयोग खारेज गर्ने निर्णय यथाअवस्थामा राख्न भनेको हो ।