close

एक महिनामै तीनजनाको मृत्यु भएपछि राउटे समुदायको स्वास्थ्य जाँच

एक महिनामै तीनजनाको मृत्यु भएपछि राउटे समुदायको स्वास्थ्य जाँच

Trulli
ADVERTISEMENT

सुर्खेत– जंगलमा फिरन्ते जीवन विताउँदै आएका नेपालकै लोपोन्मुख समुदायकोे राउटे समुदायको स्वास्थ्य जाँच गरिएको छ । 


राउटे समुदायका तीन जनाको एक महिनाभित्र मृत्यु भएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले वस्तीमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेको हो ।


राउटे समुदायका दलबहादुर शाही, मानसिंह शाहीको एक साताको अन्तरमा मृत्यु भएको थियो  । त्यसअघि गुर्भाकोटमा एक बालकको मृत्यु भएपछि उनीहरु सल्यान सरेका थिए । सुर्खेतको सीमानामा पर्ने कालीमाटी गाउँपालिकाको काल्चेमा बसाईं सरेका छन् ।  


राउटे समुदायका ५० जनाभन्दा बढीको स्वास्थ्यजाँच गरिएको जनस्वास्थ्य प्रमुख चेतनिधि वाग्लेले बताएका छन्  । वाग्लेका अनुसार सबैको जाँच गर्न खोज्दा धेरै आएनन् । राउटे समुदायका धेरै बालबालिका कुपोषित छन् । राउटे समुदायमा बढी घाउचोट लाग्ने गरेको पाइएको छ ।


‘बालबालिकालाई हामीले जुकाको औषधि पनि खुवाएका छौं,’ उनले भने, ‘उनीहरुमा छालासम्वन्धी, उच्च रक्तचाप र मदिरा मुख्य समस्या देखिएको छ ।’ विरामी पर्नुमा बस्तीमा श्ुाद्ध खानेपानी नहुनु, मदिराको लत जस्ता कारण देखिएको वाग्लेको भनाई छ । 


त्यहाँ गैरसरकारी संस्थाबाट स्वास्थ्यकर्मी खटाइएकाले बाँकी औषधी उनीहरुकै जिम्मामा छोडेर फर्किएको वाग्लेको भनाई छ । उनले विशेषज्ञ  डाक्टरसहितको टोली उनीहरुको स्वास्थ्य जाँचमा गएको जानकारी दिए ।


दुई वर्षअघि १ सय ५६ जनाको संख्यामा रहेका राउटे समुदायको संख्या अहिले १ सय ४२ जना छ । राउटे समुदायमा सहजकर्ता भएर काम गरेर लालबहादुर खत्री भन्छन, ‘पहिले सबै आफ्नो काममा व्यस्त हुन्थे, उनीहरुको संस्कृति पनि बचेको थियो, अहिले सबै जना बिहानदेखि साँझसम्मै मदिरामा लिप्त हुन्छन ।’


राउटे मृत्युको मुख्य कारण जाँड रक्सी हो । राउटेले धेरै जाँडरक्सी सेवन गर्ने भएकाले व्यापारीले पनि युरिया मल, लागु औषध हालेर उत्पादन गर्ने गरेको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यदेवी खड्काको आरोप छ । 


खड्काका अनुसार राउटेमा चेतनाको कमि नहुनु र थोरै मदिरा सेवन गर्नाले धेरै लाग्ने र फेरी फेरी आउने भएकाले व्यपारीले राउटेको सोझोपनको फाइदा उठाइरहेका छन् । 


नेपालकै लोपउन्मुख राउटे संरक्षणको लागि राउटेलाई मदिरा पिउन र दिन प्रतिबन्ध लगाउए मात्र राउटे संरक्षण हुने नत्र यसै विषादी मदिरा पिएर मृत्यु हुँदै राउटे जाति नै लोप हुने उनको चिन्ता छ ।