close

कीर्तिपुर रुवाउँदै चौदण्डीगढी पुगे आचार्य

कीर्तिपुर रुवाउँदै चौदण्डीगढी पुगे आचार्य

Trulli
ADVERTISEMENT

सबैका अनुहार मलिन थिए । निःशब्द एकोहोरा देखिन्थे । सबैको ध्यान एकैजनातिर थियो । उनको निधारमा टिका, गलामा दोसल्ला र खादाको खात लाग्यो । सन्नाटाकाबीच कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले ‘कीर्तिपुरको चिनो’ भन्दै थमाईदिए । यो दृष्य कीर्तिपुर नगरपालिकामा १८ महिना बसेका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यको बिदाई समारोहको हो । 

 

‘कहिल्यै हाकिम जस्तो लागेन, उत्प्रेरकका रुपमा प्रत्येक असहजताकाबीच सम्भावना देखाउँदै सहज बनाईदिनुहुन्थ्यो’ समारोहकैबीचमा एक कर्मचारीले भने ‘हाकिम हुनु त यस्तो पो ।’ 

 

कोरोनाविरुद्धको युद्धमा सिपाही बनेर गुनासो विना अहोरात्र खटेका आचार्य  अप्रत्याशित सरुवा हुने खबरले दुःखी बनेकि कीर्तिपुर नगरकी उपमेयर एवं प्रवक्ता सरस्वती खड्काले कीर्तिपुरलाई आचार्य जस्तै प्रशासकको खाँचो रहेको बताईन ।

 

चौदण्डीगढी नगरपालिका उदयपुरमा सरुवा भएका आचार्यलाई मेयर खगेन्द्र राई र उपमेयर रिता कुमारी चौधरीले स्वागत गरेका छन् । 

 

प्रमुख प्रशासकीय अधिकृत आचार्य भन्छन्, ‘सरकारले पठाएको ठाउँमा गएर जनताको सेवा गर्नु नै मेरो कर्तव्य हो, कीर्तिपुरको मायाले थप उर्जा दिएको छ, आखिर चौदण्डीगढी पनि छोड्नुनैपर्छ तर त्यसअघि जनता र जनप्रतिनिधिसँग मिलेर अहोरात्र इमानका साथ काम गर्नेछु ।’