close

युवा दिवसकाे अवसरमा राप्तीका ९ युवा उद्यमी सम्मानित 

युवा दिवसकाे अवसरमा राप्तीका ९ युवा उद्यमी सम्मानित 

Trulli
ADVERTISEMENT

दाङ- राप्ती गाउँपालिकाले युवा दिवसको अवसरमा ९ जना युवा उद्यमीहरुलाई सम्मान गरेको छ । 'खाद्य प्रणालिमा रुपान्तरण मानव र ग्रहहरुको लागि युवा आविष्कार' भन्ने मुल नाराकासाथ राप्ती गाउँपालिका क्षेत्रमा कृषि तथा पशुपालन क्षेत्रमा काम गर्दै आएका ९ सफल व्यवसायिलाई सम्मान गरिएको हो । 

 

परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ राप्ती गाउँपालिकाले ग्लोवल युथ क्लव, आशाका किरण नामक संस्था र मिलाप कृषि सहकारी संस्थाको समन्वयमा औपचारीक कार्यक्रमको आयोजना गरी युवा दिवस मनाइएको हो । 


युवा दिवसको उपलक्ष्यमा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले युवाहरुले सकारात्मक सोचका साथ कार्य गर्न चाहेमा सबैतर्फबाट सहयोग हुने बताउँदै नैतिक, व्यवहारीक तथा प्राविधिक शिक्षा हाँसिल गर्न युवाहरुलाई अनुरोध गरेका छन् । 


कार्यक्रममा ९ वटै वडाका युवा उद्यमी बालाराम कुमाल, टुमा थापा, अमर चौधरी, बालकृष्ण पोख्रेल, रामपति चौधरी, प्रेम चौधरी, रमीला कुमारी चौधरी, भरत बहादुर खत्रि र ताम बहादुर खैकला मगरलाई सम्मान गरिएको हो । 


युवाहरूको सीप र कौशललाई केन्द्रमा राख्दै  खाद्यान्न प्रणालीको रुपान्तरण र समग्र पृथ्वीको नै स्वास्थ्यलाई महत्व दिनुपर्ने र खाद्यान्न सार्वभौमिकतालाई यस वर्ष महत्व दिई नेपालजस्तो कृषिप्रधान देशमा कृषिको व्यावसायीकरण, कृषिमा युवाहरूको सहभागिता आदि कुराहरूलाई महत्वका साथ हेरिनुपर्ने कार्यक्रमममा उपस्थित वक्ताहरुले बताएका थिए ।