close

पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

Trulli
ADVERTISEMENT

कास्की- पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाइएको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।
 

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले निकै लामो समयको प्रयासपछि सरकारले पर्यटन क्षेत्रलाई दुई हजार ५०० खोप छुट्याएको बताए । 


परिषद्का अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोपकेन्द्रमा ५०० खोपको व्यवस्था गरिएको थियो ।

पहिलो चरणको खोप अग्रमोर्चामा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई प्रबन्ध गरिएको र अहिले लगाइएको खोप पर्याप्त नभएकोल बाँकी पर्यटनकर्मीका लागि पनि सरकारले छिटो खोप उपलब्ध गराउनुपर्ने माग व्यवसायीको छ । पोखरामा मात्र २० हजारभन्दा बढी पर्यटन क्षेत्रमा आबद्ध छन् । 


पर्यटनकर्मीलाई खोपको सुनिश्चितता नभएसम्म पर्यटन व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै “नो भ्याक्सिन, नो टुरिजम” को नारा सहित व्यवसायी तथा पर्यटनकर्मीहरुले सामाजिक सञ्जाललगायत जिल्ला प्रशासन अगाडि विभिन्न चरणमा दबाबमूलक आन्दोलनसमेत गरेका थिए ।