close

अस्पताल पुनः सूचीकरण गर्न सरकारको निर्देशन

अस्पताल पुनः सूचीकरण गर्न सरकारको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले कोभिड-१९ तेस्रो लहरको सम्भावनालाई आकलन गर्दै पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइ तथा स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुरोधअनुसार गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड-१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।


मन्त्रालयले सूचीकरणसम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीमा प्रत्यायोजन गर्नुका साथै केन्द्र तथा अन्य निकायसँग समन्वय र सहकार्य गर्न निर्देशन दिएको छ ।