close

बागमती प्रदेशसभा बैठक आह्वान

बागमती प्रदेशसभा बैठक आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं- बागमती प्रदेशसभा बैठक आगामी १ भदौका लागि आह्वान गरिएको छ । १ भदौ मंगलबार दिउँसो २ बजेका लागि प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।


संसद् सचिवालयमा दर्ता भएको केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधनबारे छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको सचिव खड्काले बताए ।


बैठकमा उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकमाथि छलफल हुनेछ । 

 

प्रदेशसभा बैठक बस्नुअघि सोमबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यव्यवस्थाको छलफलबाट तयार भएको एजेन्डालाई नै कार्यसूचीमा पठाइने उनले बताए । 


गत साउन पहिलो साता चालू आर्थिक वर्ष २०७८÷७९ को नीति, कार्यक्रम बजेट पारित भएलगत्तै प्रदेशसभा बैठक स्थगित भएको थियो ।