close

खेल मैदान निर्माणमा किन बढ्यो विवाद ? (भिडियो खबर)

खेल मैदान निर्माणमा किन बढ्यो विवाद ? (भिडियो खबर)

ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित कोटगैरा (घुमाउनेचौर) मा खेल मैदान निर्माणका क्रममा विवाद भएको छ । आर्थिक वर्ष २०७७/०७८ को अन्तिममा युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको ३० लाखमा सुरु गरिएको हलेसी तुवाचुङ खेल मैदान  निर्माणका क्रममा विवाद चुलिएको हो ।

 

ऐतिहासिक होलेसुङगढीलाई असर पुग्ने र चण्डीडाँडा सामुदायिक वनमा क्षति पुग्ने भन्दै सवडिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय, वन तथा भू-संरक्षण विभाग र अख्तियारमा उजुरी परेपछि खेलमैदान निर्माण रोकिन पुगेको छ । 

 

ऐतिहासिक होलेसुङगढीलाई असर पुग्ने र चण्डीडाँडा सामुदायिक वनमा क्षति पुग्नेभन्दै सव-डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय, वन तथा भू–संरक्षण विभाग र अख्तियारमा उजुरी परेपछि खेलमैदान निर्माणको काम रोकिएको हो ।

 

ऐतिहासिक खुला संग्रहालय बनाउन प्रस्ताव गरिएको सो क्षेत्रमा नगर कार्यपालिकाको वैशाख १९ गतेको बैठकले खेलमैदान निर्माण गर्ने निर्णय गरेको थियो । १ करोड ७९ लाख ५८ हजारको लागत स्टिमेट गरिएको खेलमैदानका लागि नगरपालिकाको ३० प्रतिशत रकम लागत साझेदारी हुने भनिएको छ ।

 

उपभोक्ता समितिले १० लाख पेश्की लिएर खेलमैदान निर्माणको काम सुरु गरेको थियो । सो जग्गालाई सरकारी जग्गा भनिए पनि चुमाखुका ११ मोहीले हालसम्म दावी प्रस्तुत गरेको देखिन्छ । नापीमा छुट भएको जग्गालाई कानूनी प्रकृयाबाट छुट दर्ता गर्ने प्रयास भइरहेकै बेला नगरपालिकाले सोही स्थानमा खेलमैदान निर्माण थालेको हो ।

 

चार सय वर्षअघि होलेसुङका सन्तानले शासन गर्दा तालिम केन्द्रका रूपमा प्रयोग गरेका कारण घुमाउरोचौरलाई वन कार्यालयले संरक्षण गर्नुपर्ने माग पूर्व गाविस अध्यक्षको छ । खेल मैदान निर्माण योजना विवादित बन्दै अख्तियारसम्म उजुरी परेपछि युवा तथा खेलकुद मन्त्रालयको बजेट फ्रिज भएको छ ।

 

पेश्की स्वरुप लिइएको १० लाख पनि कामको मूल्यांकन गरेर बाँकी रहने रकम फिर्ता गर्ने तयारी गरिएको छ । अवरोध आए पनि खेलमैदान निर्माण गर्ने अठोट गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । खेलमैदान निर्माणको कामलाई सफल पार्नका लागि कोटगैराका स्थानीयले ६ लाख रकम संकलन गरिसकेको बताएका छन् । खेलमैदान निर्माणको काम अलपत्र परेको दोषको हिलो भने एकले अर्कालाई छ्याप्न थालिएको छ । नगरपालिकाका प्रमुख इवन राई राजनीतिक अवरोधका कारण खेलमैदान निर्माणको काम अघि बढ्न नसकेको आरोप लगाउँछन् ।


मालपोत कार्यालयमा जग्गा धनीको हक हिस्सा ‘सरकारी’ र जग्गाको किसिम ‘वनमारा’ उल्लेख भएको भन्दै नगरपालिकाले घुमाउनेचौंरको कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना ११ दाम जग्गामा नगरपालिकाले खेलमैदान निर्माण सुरु गरेको थियो । तर, अब यो विवाद कसरी साम्य हुन्छ त्यो हेर्न बाँकी छ ।