close

बाराको सिम्रौनगढ नगरपालिकाका वडाध्यक्ष जैसवालको निधन

बाराको सिम्रौनगढ नगरपालिकाका वडाध्यक्ष जैसवालको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं- बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दामोदर जैसवालको निधन भएको छ ।


मंगलबार बिहान वडाध्यक्ष जैसवालको उपचारको क्रममा निधन भएको हो ।

 

५२ वर्षीय जैसवालको मस्तिष्कघातका कारण काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

 

जैसवाल नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

जैसवालका २ छोरा, १ छोरी र श्रीमती छन् ।