close

इटहरी उपमहानगरमा चार वर्षमा १०५ किलोमिटर सडक कालोपत्रे

इटहरी उपमहानगरमा चार वर्षमा १०५ किलोमिटर सडक कालोपत्रे

Trulli
ADVERTISEMENT

सुनसरी(इटहरी)- सुनसरीको इटहरी उपमहानगरका जनप्रतिनिधिले पहिलो कार्यकालको चार वर्षमा इटहरीमा १०५ किलोमिटर बाटो कालोपत्रे गरेको तथ्यांक सार्वजनिक भएको छ । अबको एक वर्षमा थप सय किलोमिटर कालोपत्रे हुनेछ ।


इटहरीको गाउँ-गाउँका सडक कालोपत्रे भएका छन् । धेरै सडक धमाधम बन्दैछन्। साविकको खनार, एकम्बा, पकली, हाँसपोसाका वासिन्दाले उपमहानगरबासी भएको अनुभूति गर्न थालेका छन् ।


प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन हुँदै छन् । आधारभूत स्वास्थ्य सेवाका लागि अब इटहरीबासीले टाढा धाउनु पर्ने छैन । वडा कार्यालय धमाधम बन्दै छन् ।