close

एमालेबाट चाेइटिएकाे नेपाल समूहले बनायाे नेकपा एमाले समाजवादी पार्टी

चुनाव चिह्न खुला पुस्तक

एमालेबाट चाेइटिएकाे नेपाल समूहले बनायाे नेकपा एमाले समाजवादी पार्टी

चुनाव चिह्न खुला पुस्तक

Trulli
ADVERTISEMENT

 

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले  पार्टीको नाम र चुनाव चिह्न टुंगो लगाएको छ।

 

पार्टी विभाजनका लागि सहजीकरण गर्न सरकारले मंगलबार मात्रै अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपतिले केही बेरअघि मात्रै  राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन्।

 

'धेरै थरी सुझाव आएको छ। तर, हामीले पार्टीको नाम नेकपा एमाले समाजवादी रहने टुंगो लगाएका छौं। चुनाव चिह्न पनि खुला किताब राख्ने निर्णय गरेका छौं,' ती सदस्यले भने। 

 

नेपाल पक्ष याे नाम र चिह्न लिएर निर्वाचन आयाेग जाने तयारीमा छ ।