close

बडिगाड गाउँपालिकाको अब आफ्नै भवन

बडिगाड गाउँपालिकाको अब आफ्नै भवन

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण बुधबारदेखि सुरु गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका छन् ।
 

आगामी मंसिरसम्म निर्माण सम्पन्न गर्नेगरी वडा नम्बर ५ ग्वालिचौरमा भवन निर्माणको काम थालिएको हो । पाँच करोड १८ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको भवनका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका हुन् ।


गाउँपालिका भवनको शिलान्यास गर्दै मन्त्री गुरुङले देश सम्पन्न भए मात्र जनता सुखी हुने बताए । सरकारले नीतिगत व्यवस्था गर्ने र जनताले उत्पादनमा जोड दिँदा मात्र देश समृद्ध बन्ने भन्दै गुरुङले कर तिर्दा कोही पनि तर्सिन नहुने बताए ।


गाउँपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा आफ्नै भवन निर्माण गर्न थालेको हो । यसअघि भाडाको घरमा बस्दै आएको गाउँपालिकाले निर्धारित समयमा भवन निर्माणको काम सकिए एक वर्षभित्रै आफ्नै भवनबाट सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।