close

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं- राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको निधन भएको छ ।


६७ वर्षीय शेरचन कोरोना संक्रमित सशस्त्र प्रहरी अस्पताल हलचोकमा उपचाररत रहेका बेला बुधबार साँझ निधन भएको हो ।


राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका अध्यक्ष थिए ।

 

शेरचन सञ्चार माध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य थिए । 


शेरचन वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्ष थिए ।


शेरचनका श्रीमती, तीन छोरा र एक छोरी छन् । शेरचनको बिहीबार पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने बताइएको छ ।