close

राप्तीका ७ वटा वडा कार्यालयले बनाए आफ्नै भवन 

राप्तीका ७ वटा वडा कार्यालयले बनाए आफ्नै भवन 

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिकामा ७ वटा वडा कार्यालयले आफ्नै भवनबाट प्रशासनिक सेवा दिन थालेका छन् । २ वटा कार्यालय निर्माणाधीन अवस्थामा छन् । राप्ती गाउँपालिका वडा नम्बर ७ को कार्यालयले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ । 


नवनिर्मित प्रशासनिक भवनको पालिका अध्यक्ष राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी र वडाध्यक्ष विद्याशरण चौधरीले संयुक्त रूपमा गरे । कार्यक्रममा उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल पनि उपस्थित थिए । 


‘कृषि, पर्यटन र पूर्वाधार राप्ती गाउँपालिकाको समृद्धि आधार’ नारासहित सबै वडाको आफ्नै प्रशासनिक भवन बनाउने योजनाअनुरूप वडा नम्बर ७ को प्रशासनिक भवन निर्माण गरिएको हो । भाडाको घरबाट हालसम्म सेवा प्रवाह गर्दै आएकामा नागरिकको सेवामा सहजता ल्याउन प्रशासनिक भवन निर्माण गरिएको पालिकाले बताएको छ ।


राप्ती गाउँपालिका अध्यक्ष सुवेदीले बड्का सिसहनिया, छोटकी सिसहनियाको सिमानामा निर्माण गरिएको वडा नम्बर ७ को नवनिर्मित प्रशासनिक भवनबाट आगामी दिनमा सहज रूपमा नागरिकलाई सेवा दिइने बताए । शर्मा निर्माण सेवाले ७२ लाख ५८ हजार रुपैयाँ लागतमा निर्माण भएको वडा नम्बर ७ को दुई तले प्रशासनिक भवनमा ४ कोठा, २ हलसहित ६ वटा शौचालयको व्यवस्था गरिएको छ । 


वडा नम्बर ७ को वडा कार्यालय भवन उद्घाटनसँगै गाउँपालिकामा वडा नम्बर १, २, ३, ५, ६, ७, ८ को कार्यालयले आफ्नै भवनबाट सेवा दिइरहेका छन् भने वडा नम्बर ४ र ९ का भवन निर्माण भइरहेका छन् ।