close

कर्णालीमा शुक्रबार सार्वजनिक बिदा

कर्णालीमा शुक्रबार सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेश सरकारले ४ भदौ शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले प्रदेश स्थापना दिवसकाे अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो ।


प्रदेश सरकारको ७ वैशाख २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश स्थापना तथा सहिद दिवस अवसरमा ४ भदौमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिने सूचना गरिएको आन्तरिक मामला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।

 

२३ साउन २०७२ देखि प्रदेशमा ४ भदौसम्म सञ्चालन भएको आन्दोलनले नेपालको कान्छो प्रदेशका रूपमा कर्णाली प्रदेश स्थापना गरेको थियो ।


प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको मृत्यु भएको थियो । उनीहरूको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष प्रदेश स्थापना तथा सहिद दिवस मनाउँदै आएको छ ।