close

राप्तीमा ज्येष्ठ नागरिक दिवा सेवा सुरु हुँदै

राप्तीमा ज्येष्ठ नागरिक दिवा सेवा सुरु हुँदै

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिकामा जेष्ठ नागरिकलाई लक्षित गरी दिवा सेवा सुरु गर्न थालिएको छ । दिवा सेवा सञ्चालनका लागि राप्ती गाउँपालिकाले दुई स्थान छनोट गरी काम अगाडि बढाएको हो ।


त्यसका लागि ज्येष्ठ नागरिकलाई तोकिएका सेवा केन्द्रमा सहभागी हुन गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आग्रह गरेका छन् । ज्येष्ठ नागरिकको उचित स्याहार गर्ने छोराछोरी, बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित सम्मान गर्दै आएको उनले बताए ।


राप्तीको महिला, बालबालिका, अपांगता तथा ज्येष्ठ नागरिक शाखाले पालिका क्षेत्रका ज्येष्ठ नागरिकलाई पायक पर्ने गरी मसुरिया र सिसहनियामा दिवा सेवा सुरु गर्न थालेको महिला विकास निरीक्षक जीवन जिसीले जानकारी दिए । 


६० वर्षमाथिका नागरिकलाई एकै ठाउँ राखेर गफगाफ, भेटघाट गर्ने, मनोरञ्जन गर्ने, दुःख-सुख साट्ने गरी बस्ने व्यवस्था मिलाई सेवा सुरु गर्न थालिएको सहायक महिला विकास निरीक्षक कल्पना खनालले बताइन् । 


आगामी ७ भदौमा मसुरियास्थित रेडक्रम भवन र वडा नम्बर ५ स्थित वडा कार्यालय भवनबाट ज्येष्ठ नागरिक दिवा सेवा सुरु गरिनेछ ।