close

मादी गाउँपालिकालाई नमुना उद्यमी गाउँ बनाइँदै 

मादी गाउँपालिकालाई नमुना उद्यमी गाउँ बनाइँदै 

Trulli
ADVERTISEMENT

कास्की- लायन्स क्लबले कास्कीको मादी गाउँपालिकामा लायन्स उद्यमी नमुना गाउँ कार्यक्रम सुरु गरेको छ । लायन्सले यो वर्ष उद्यमी उत्पादन गर्ने र आत्मनिर्भर बनाउने अभियानमा सघाउन उद्यमी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।


मादी वडा नम्बर ५ थाममा पहिलो पटक कार्यक्रम सुरु गरिएको छ । कार्यक्रमको प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले सुरु गरे । 


यो वर्ष १४ जिल्लाका १४ गाउँमा नमुना उद्यमी गाउँ कार्यक्रम सञ्चालन गरिने डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आर्चायले जानकारी दिए । ‘हामी हरेक वर्ष नयाँ कार्यक्रम गर्छौं तर त्यसले समाजमा खासै उल्लेख्य प्रभाव छाड्न सकेन’, उनले भने, ‘यो कार्यक्रम उत्पादनसँग जोडिएको छ । गाउँलाई उद्यमी बनाउने अभियान प्रभावकारी होला भन्ने विश्वास छ ।’ 

 

सबै गाउँमा आवश्यक्ता अनुसार तालिम, सीप र कृषि तथा पर्यटनको प्रवर्द्धन गरिने उनको भनाइ छ । सोही अवसरमा पहिलो चरणमा ६ लाख रुपैयाँ बराबरको हाते ट्रयाक्टर, राइस मिल, वाटर फिल्टर, वाध्यवादनका सामग्री र खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो । अरू जिल्लामा पनि यही वर्षभित्र कार्यक्रम सुरु गर्ने योजना छ ।