close

भीमदत्तको विद्यालयमा अब योग र आयुर्वेदका किताब

भीमदत्तको विद्यालयमा अब योग र आयुर्वेदका किताब

ADVERTISEMENT


भीमदत्त नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । योग शिक्षामा योग र आयुर्वेदलाई प्राथमिकता दिइएको छ भने एकीकृत पाठ्यक्रममा नगरको कृषि, धार्मीक क्षेत्र, संस्कृति, स्थानीय सम्भावना लगायत विषयलाई समेटिएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र रहेर पालिकाहरुले पाठ्यक्रम तयार गर्न पाउने छन् । यसै आधारलाई टेकेट भीमदत्तले आफ्नो क्षेत्रभित्रको मौलिकतालाई जोगाउन पाठ्यक्रम निर्माण गरेको नगरपालिकाका मेयर सुरेन्द्र बहादुर बिष्टले पालिका खबरलाई जानकारी दिनुभयो । 
 

यस्ता पाठ्यक्रमले आफ्नो स्थानीय तहबारे बुझ्न र कला, संस्कृति तथा मौलिकताको संरक्षण गर्न  विद्यार्थीहरुलाई  उत्प्रेरीत गर्नेमा पालिका विश्वस्त रहेको देखिन्छ । 

 

तयार भएका पाठ्क्रमहरु विद्यालय संचालन भएलगत्तै कक्षा १ देखि नै लागू गरिनेछ । दुवै विषय १०० पूर्णाङ्कको हुनेछ भने यसमा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिलाई समावेश गरिएको छ ।