close

महालेखाको प्रतिवेदन:  बेरुजु रकम सवा ४ खर्बभन्दा बढी  

महालेखाको प्रतिवेदन:  बेरुजु रकम सवा ४ खर्बभन्दा बढी  

Trulli
ADVERTISEMENT

काठमाडौ- सरकारको बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको महालेखापरीक्षकको प्रतिवेदनमा औंल्याइएको छ । बेरुजु रकम गत वर्षभन्दा ५६ करोड रुपैयाँले बढी हो । 

 

महालेखापरीक्षकको आर्थिक वर्ष २०७६/७७ को ५८ औँ वार्षिक प्रतिवेदन महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरे ।

 

 प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७सम्म बेरुजु रुकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ । तर, सरकारले कारवाही गरेर टुंगो लगाउनुपर्ने कुल रकम भने ६ खर्ब ७६ अर्ब ४१ करोड रूपैयाँ छ ।

 

प्रतिवेदनअनुसार बेरुजु रकम ५३ करोड रूपैयाँले बढेको छ । आर्थिक वर्ष २०७५/ ७६सम्म बेरुजु रकम ४ खर्ब १८ अर्ब ३२ करोड रूपैयाँ थियो ।

 

आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ४ अर्ब ३८ करोड रूपैयाँ बेरुजु थप भएको छ भने आर्थिक वर्ष २०७५र७६सम्मको बेरुजुबाट एक खर्ब ३ अर्ब ८५ करोड रूपैयाँ घटेको छ ।

 

महालेखाले संघ, प्रदेश, स्थानीय तह, संगठित संस्थ, समिति र अन्य संस्था समेतको गरी ५३ खर्ब २७ अर्ब ९१ करोड रूपैयाँको लेखा परीक्षण गरेको छ ।