close

चार स्थानीय तहका बासिन्दा लिखु आयोजनाका मालिक

चार स्थानीय तहका बासिन्दा लिखु आयोजनाका मालिक

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगा र रामेछापको सीमा नदी लिखुमा निर्माण भइरहेको लिखु-४ जलविद्युत् आयोजनाको सेयर रामेछाप र ओखलढुंगाको चार स्थानीय तहका सर्वसाधारणले पाउने भएका छन् । 

ओखलढुंगाका दुई र रामेछापका दुई तहका बासिन्दाले प्रभावित क्षेत्रको सेयर पाउने भएका हुन् । आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको लिखु गाउँपालिकास्थित वडा नम्बर ९ पोकली, खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर १, २ र ३ प्रभावित क्षेत्रमा पर्छ । 

 

त्यस्तै, रामेछापतर्फको गोकुलगंगा एवं लिखु तामाकोसी गाउँपालिकाको भुजी र सैपु आसपासको भूगोल प्रभावित क्षेत्रमा पर्छ । यी क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीले आधार सेयर पाउनेछन् भने सर्वधारणका लागि आधा सेयर सुरक्षित गरिएको छ । 

 

लक्ष्मी क्यापिटलमार्फत बिक्री गर्न लागिएको सेयर ५ प्रतिशत अर्थात् करिब १ लाख ५६ हजार २ सय ५ कित्ता शेयर कर्मचारीका लागि छुट्याइनेछ । 

 

आयोजनाका कर्मचारीमध्ये २ सयभन्दा कम संंख्यामा भए ५ प्रतिशत र त्योभन्दा बढी भए २ प्रतिशत मात्र सेयर तिनका लागि जारी गरिने नागरिक लगानी कोषका उप-निर्देशक नारायण घिमिरेले बताए । यो आयोजना ग्रिन भेन्चर्स लिमिटेडले निर्माण गरेको हो ।

 

ओखलढुंगा र रामेछापको सीमा नदी लिखुमा निर्माणाधीन ५२.२ मेगावाट क्षमताको लिखु-४ जलविद्युत् अयोजनाले ६२ करोड ५० लाखको सेयर निष्कासनको तयारी गरेको हो ।

 

यसमध्ये आधा प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको छ भने आधा सर्वसाधारणले पाउनेछन् ।  ३१ करोड २५ लाख मूल्यको ३१ लाख २५ हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारी तथा ३१ लाख २५ हजार कित्ता सेयर सर्वधारणका लागि निष्कासन गर्न लागिएको हो । 

 

निर्माण सकिएपछि परीक्षणका क्रममा टनेल भत्किएपछि केही समय ढिला उक्त आयोजना पूरा भएको हो ।