close

खाँडाचक्रका विद्यालय खुले 

खाँडाचक्रका विद्यालय खुले 

Trulli
ADVERTISEMENT

कालिकोट– खाँडाचक्र नगरपालिकाले नगर  क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । 

 

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागाईंले जानकारी दिए । 

 

समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा  विद्यालय सञ्चालनका लागि निर्देशन  दिएको थियो ।  ‘नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौँ । जनस्वास्थ्यमापदण्ड पूर्ण पालना गरी  विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,’ उनले भने,‘ स्वास्थ्यमापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।’

 

यसभन्दा अघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । जिल्लाका नौ स्थानीय तहमध्ये तीन तहले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको र अन्यले  तयारी गरेको जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख महेश देवकोटाले जानकारी दिए ।

 

‘जिल्लाका सबै स्थानीय तहले कोभिड–१९ को महामारी अवस्था हेरेर विद्यालय सञ्चालन गर्नका लागि निर्देशन दिएका छौं,’ उनले भने, विद्यालयमा स्यानीटाइजर र मास्क अनिवार्य गरिएको छ ।