close

बैठकमा उपस्थित भए माधव समूहमा रहेका १० जना स्थायी समिति सदस्य 

बैठकमा उपस्थित भए माधव समूहमा रहेका १० जना स्थायी समिति सदस्य 

Trulli
ADVERTISEMENT

काठमाडौं– माधवकुमार नेपाल समूहमा रहेका नेकपा एमालेका १० जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टी बैठकमा उपस्थित भएका छन् । 

 

१० बुँदे सहमति कार्यान्वयन गर्ने सहमतिसँगै तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाइएको एमालेको स्थायी कमिटी बैठकमा नेताहरू सहभागी भएका हुन् ।

 

बैठकमा  उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त र आमन्त्रित सदस्य एवं अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहरा सहभागी छन् ।

 

सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट पुनस्र्थापित एमाले एकजुट हुन सकेको छैन । २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षको मात्र बैठक राखेर एकलौटी निर्णय गरेपछि माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्दै आएको थियो । नेता नेपालले २ भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिए ।

 

लामो समय उनीसँग रहेका स्थायी कमिटीका अधिकांश नेता नयाँ पार्टीमा नगएर एमाले स्थायी समिति बैठकमा सहभागी भएका हुन् ।