close

लमजुङका आठ स्थानीय तहको बेरुजु करिब  २५ करोड 

लमजुङका आठ स्थानीय तहको बेरुजु करिब  २५ करोड 

Trulli
ADVERTISEMENT

लमजुङ–
लमजुङका आठ स्थानीय तहको  २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ  बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लाका चार नगरपालिका र चार गाउँपालिकामा ७ अर्ब ३६ करोड ३६ लाख ४१ हजार बजेटको लेखा परीक्षण भएकोमध्ये सो रकम बेरुजु देखिएको हो । 

 

महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनका अनुसार जिल्लामा सबैभन्दा धेरै मस्र्याङ्दी गाउँपालिका र सबैभन्दा कम क्व्होलासोथर गाउँपालिकामा देखिएको छ । मस्र्याङ्दीको ६.८८ प्रतिशत र क्व्होलासोंको ०.७७ प्रतिशत बेरुजु छ । 

 

मस्र्याङ्दीको  ६ करोड ४२ लाख ४८ हजार र बेँसीसहर नगरपालिकाको ५ करोड ७९ लाख ६९ हजार बेरुजु रहेको छ । राइनास नगरपालिकाको ५ करोड ९३ लाख ४३ हजार, सुन्दरबजार नगरपालिकाको १ करोड १० लाख ४६ हजार मध्यनेपाल नगरपालिकाको ३ करोड ९१ लाख २३ हजार बेरुजु रहेको उक्त प्रतिवदेनमा उल्लेख गरेको छ ।

 

त्यस्तै दूधपोखरी गाउँपालिकाको  ४८ लाख ५५ हजार बेरुजु रहेको छ  । दोर्दी गाउँपालिकाको ६९ लाख ३२ हजार र क्व्होलासोंथर गाउँपालिकाको  ३७ लाख ७० हजार बेरुजु देखिएको छ । संघीय सरकारको ऐनअुसारको मापदण्ड पूरा नगरी गरेको खर्चलाई कार्यालयले बेरुजुका रुपमा देखाउँदै आएको छ ।