close

निर्वाचन आयोगमा दर्ता भयो नेकपा एकीकृत समाजवादी

निर्वाचन आयोगमा दर्ता भयो नेकपा एकीकृत समाजवादी

Trulli
ADVERTISEMENT

काठमाडौं–  निर्वाचन आयोगले नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीलाई दर्ता प्रमाणपत्र दिएको छ । बुधबार राती आयोगले सो दललाई आयोगको अभिलेखमा १६६ नम्बरमा दर्ता गरेको हो । 

 

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

 

नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले नेकपा एमालेमा सक्रिय १९१ जना केन्द्रीय सदस्यमध्ये ५६ र ३० जना सासंदले आयोगमा पुगेर सनाखत गरेपछि पार्टीले बैधानिकता पाएको बताए । 

 

पार्टीले वैधानिकता पाएसँगै आफूहरूको जितको सुरुवात भएको बताउँदै नेता पाण्डेले नयाँ समाजवादी कार्यक्रम लिएर जनतामा जाने प्रतिबद्धता व्यक्त गरे । पार्टीलाई सरकारदेखि जनतासम्म जाने वैधानिकता मिलेको बताउँदै पाण्डेले प्रगतिशील पार्टी निर्माणमा खटिने बताए । 

 

अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।

 

२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित एमालेमा माधवकुमार नेपाल समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको थियो । यो समूहमा रहेका १० स्थायी कमिटीसहित केन्द्रीय कमिटी र संघीय संसदको एउटा पक्ष भने नेकपा एमालेमै रहने भएको छ ।