close

कोशीटप्पु निकुञ्ज बन्दै, आरक्षपीडितसँग मन्त्री कार्कीले भने– ‘हात्तीबाट जोगाउँछु’

कोशीटप्पु निकुञ्ज बन्दै, आरक्षपीडितसँग मन्त्री कार्कीले भने– ‘हात्तीबाट जोगाउँछु’

Trulli
ADVERTISEMENT

सुनसरी– संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की कोशीटप्पु बन्यजन्तु आरक्ष पीडितसामु हात्ती आतंकबाट बचाउँने प्रतिबद्धता गरेर फर्किएका छन् ।  सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ३ स्थित कोशी टप्पुवन्यजन्तु आरक्षमा स्थानीय पीडितसँग अन्तरक्रिया गर्दै मन्त्री कार्कीले कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको हात्तीको आतंकलाई रोक्न सरकार लागी परेको बताएका हुन् । उनले भने– ‘कोशी आरक्ष आसपासका जनतालाई हात्तीबाट जोगाउँछु ।’

 

उनले कोशी गाउँबासी लगायत आसपासका क्षेत्रमा बसोबास गर्नेहरुको लागि खुशीको खबर रहेको बताउदै भन्दै कोशीटप्पु वन्यजन्तु आरक्षलाई निकुञ्ज बनाउन लागिपरेको बताएका छन् । मन्त्री कार्कीले वनपथ वनको बाटो बनाउनको लागि २० लाख र  ट्रेन्च निर्माण गर्नको लागि १५० करोड,वनमरा झारहरु पशुले नखाने झारहरुको व्यवस्थापनको लागि ५ लाख, मानवको क्षति, हात्ती र अर्नाको दन्दको व्यवस्थापनको लागि ४५ लाख, हात्तीलाई घासै मैदान बनाउनको लागि २० लाख, सिमसार व्यवस्थापनको लागि ५ लाख उपलब्ध गराउने  घोषणा समेत गरे । 

 

वर्षौदेखि रहेको मानव र जनावरबीचको द्वन्द रोक्न संघीय सरकारलाई गरेको आग्रहपछि मन्त्री कार्कीले बुधबार स्थानीय पीडितसँग अन्तरक्रिया गरेका हुन् । कोशी गाउँपालिका अध्यक्ष अन्सारीले भने– ‘मैले मेरो चुनावी घोषणापत्रमा नै जंगली जनावरको आतंक नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कुरालाई प्राथमिकतामा राखेको थिएँ, त्यसैअनुरुप अब निकुञ्जमा परिणत गरी पर्यटन व्यवसायको प्रवर्द्धनका लागि समेत आवश्यक क्रियाकलाप सञ्चालन गर्नेछु ।’ 

 

अन्तरक्रियामा कोशी टप्पु वन्यजन्तु आरक्षणका प्रमुख अशोक कुमार राम, कोशी गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादव, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका नेता हाजी इसराइल मन्सुरी, जनप्रतिनिधिहरु लगायत करिब २५० जनाभन्दा बढी स्थानीयहरुको उपस्थिति रहेको थियो।